योङ्ग स्टार क्लवको ३५ औं साधारण सभा सम्पन्न


आ.ब. ०६७/६८ को लागि २ करोड १ लाख २ हजार २९४ रुपैयाको अनुमानित आय व्यय पारित १८ कार्तिक

योङ्ग स्टार क्लवको ३५ औं साधारण सभा सम्पन्न भएको छ । बिहिबार क्लवमा भएको साधारण सभाको उद्घाटन क्लवका सदस्य तुलसी राजभण्डारीले गर्नुभएको थियो । साधारण सभाले बार्षिक प्रतिवेदन पारित गर्दै नयाँ आर्थिक बर्षका लागि बजेट तथा कार्य योजना समेत पारित गरेको छ । सभाले कोषाध्यक्ष भोजनारायण राजभण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०६६/६७ को १ करोड ९९ लाख ७३ हजार ८६१ को खुद आय व्यय पारित गरेको छ । Read more of this post

धुलिखेलमा सामाजिक परिचालकका लागि तालिम शुरु


९ साउन, धुलिखेल – योङ्गस्टार क्लव सोलुखुम्बु एजुकम्युनिकेसन परियोजनाका सामाजिक परिचालकहरुको लागी दोश्रो रणको पारिवारिक सरसल्लाह सम्बन्धी पुनर्ताजगी तालिम आजवाट काभ्रेको धुलिखेलमा शुरु भएको छ ।
तालिममा महिला शसक्तीकरण तथा नेतृत्वबिकास, बालबिकास र बालअधिकार, समुहमा द्धन्द न्युनिकरण, सामुदायिक संंस्था परिचालन जस्ता बिषयहरु रहने क्लवले जनाएकोक छ ।
तालिममा परियोजना लागु भएका सोलुखुम्बुका जुवु देउसा र मुक्ली गाविसका सामाजीक परिचालकहरु र परियोजना व्यवस्थापक गरी ७ जनाको सहभागीता रहेको सामाजीक परिचालक बिश्वेस्वर राईले जानकारी दिनुभयो । तालिम ५ दिन सम्म चल्ने छ ।

बार्षिक कार्य योजना तयार गरिने


योङ्ग स्टार क्लव अन्तर्गतका विभिन्न विभागहरुको बार्षिक कार्य योजना तयार गरिने भएको छ । आर्थिक बर्ष २०६७÷६८ का लागि गरिने कार्यक्रमहरुको योजना यहि साउन ८ गते शनिबार तयार गरिने भएको हो ।
क्लव अन्तर्गतका विभागहरुले छुट्टा छुट्टै रुपमा बृहत् छलफल पछि कार्य योजना तयार गरिनेछ । बार्षिक कार्य योजना अनुरुप विभागहरुले साप्ताहिक रुपमा कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ ।

प्रतिवेदन लेखन तथा सहजिकरण सीप तालिम सम्पन्न


३ साउन २०६७  – योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले तालिम लिनु मात्र ठुलो कुरा नभई व्यवहारमा लागु गरी प्रतिफल प्राप्त गर्नु प्रमुख रहेको बताउनुभयो । योङ्ग स्टार क्लबको आयोजनामा सञ्चालित प्रतिबेदन तथा सहजीकरण सीप तालिम समापन कार्यक्रममा बोल्नुहुदै श्रेष्ठले सो कुरा बताउनभएको हो । ६ दिनसम्म सञ्चालन भएको सो तालिम आज योङ्ग स्टार क्लबको भवनमा सम्पन्न भएको हो । तालिममा योङ्ग स्टार क्लब अन्र्तगत सञ्चालित विभिन्न परियोजनाका कर्मचारी तथा योङ्ग स्टार क्लबका सदस्यहरुको सहभागी थियो । सो समापन कार्यक्रममा योङ्ग स्टार क्लबका सदस्यहरुले आआफ्ना धाराणा राखेका थिए । तालिम प्रशिक्षक कपिल न्यौपाने तथा शालिग्राम कालाथोकीलाई खादा लगाएर अध्यक्ष श्रेष्ठले सोलुखुम्बुको चिनोको रुपमा तामाको डाली समेत प्रदान गर्नुहुँदै विदाई गर्नुभयो । प्रतिबेदन तथा सहजीकरण सीप तालिम प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।

नुतन र लालकाजी विवाह बन्धनमा


१ साउन २०६६ – वैवाहिक बन्धनमा बाँधिएका क्लवका दुई सदस्यहरुलाई शनिबार क्लवमा स्वागत गरिएको छ । सदस्यद्धय नुतन श्रेष्ठ र लालकाजी श्रेष्ठ हालै वैवाहिक बन्धनमा बाँधिए पछि क्लवले दुवै जनाको जोडीलाई उज्वल बैवाहिक जीवनको शुभकामना सहित कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले श्रेष्ठद्धयले क्लवलाई विगतमा गरेको सहयोग जारी रहने विश्वास व्यक्त गर्दै क्लवमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो । कार्य समिति सदस्य बुद्धिकुमार राजभण्डारीले क्लवका कतिपय सदस्यहरु कुबाटोमा लागेको भन्दै सहि बाटोमा आउन आग्रह गर्नुभयो । सोलु एफएमका स्टेशन म्यानेजर मनोजकुमार श्रेष्ठले क्लव भित्र सबैलाई समान व्यवहार हुनु पर्ने भन्दै विवाहित जोडीलाई शुभकामना दिनुभयो । क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना तथा बधाई कार्यक्रममा वैवाहिक बन्धनमा बाँधिएका जोडीहरुले क्लवलाई सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए ।

योङ स्टारमा डेभिडको विदाई


अमेरिकी नागरिक डेभिड एरिक एलेनलाई योङ्ग स्टार क्लवले आज एक समारोहका बीच विदाई गरेको छ । करिव ५ महिना अघि सोलुखम्बु जिल्लामा संयमसेवकको रुपमा आउनुभएका अमेरिकी नागरिक डेभिडले नया बजारमा भएको भिषण आगलागीबाट पिडित भएकाहरुको लागी राहत स्वरुप १ हजार अमेरिकी डलर प्रदान गर्नुृभएको थियो । विदाई समारोहमा डेभिडले योङ्ग स्टार क्लव सोलुखुम्बुलाई नगद ३७ हजार र एउटा भिडियो क्यामेरा मायाको चिनो स्वरुप प्रदान गर्नुभएको छ । डेभिडले आज प्रदान गनुृभएको सो रकम योङ्ग स्टार क्लवको बालपरिचालन विभागका लागी कम्युटर खरिद गरिने योङ्ग स्टार क्लवका अध्यक्ष बुद्वि नारायण श्रेष्ठले जानकारी दिनुभयो । विदाई समारोहमा योङ्ग स्टार क्लवका सदस्यहरु, महिला समुहका सदस्य तथा अन्यको सहभागीता रहेको थियो ।

योङ स्टारमा तालिम


योङ्ग स्टार सोलु एजु कम्युनिकेशन परियोजना सोलुखुम्बुको आयोजनामा आजदेखि प्रतिवेदन लेखन तथा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
योङ्ग स्टार तालिम हलमा भईरहेको सो कार्यक्रममा सोलु एजु कम्युनिकेशन परियोजनाका सामाजिक परिचालक तथा सहजकर्ताहरुको सहभागीता रहेको छ ।

परियोजना क्षेत्रमा छलफल


२० पुस ०६६ – योङ्ग स्टार क्लव सोलु एजु कम्युनिकेश परियोजनाको आयोजनामा आजबाट परियोजना लागु भएका देउसा, जुवु, र मुक्लि गाविसका प्रावि निमावि र माविका सहयोगी शिक्षकहरुलाई भाईबहिनीको लागी छलफल विषयक ३ दिने तालिम प्रदान गरिएको छ । ३ दिनसम्म चल्ने सो तालिममा भाईबहिनीलाई गर्नुपर्ने व्यबहार र बालअधिकारका विषयमा जानकारी प्रदान गरिने कुरा हाम्रा प्रतिनिधी विश्वेश्वर राईले जानकारी दिनुभएको छ । तालिममा सहजीकरण म्च्क्ए कार्यक्रममा प्रशिक्षक संगिता श्रेष्ठ, परियोजना व्यबस्थापक दिपक राजभण्डारीले गरिरहनुभएको छ । कार्यक्रममा र कृषि प्राविधिक जस बबहाुदर राई र सामाजिक परिचालकहरुको पनि उपस्थिती रहेको छ । तालिममा ३ बटै गाविसमा २० जना शिक्षकहरुको सहभागीता रहेको पनि प्रतिनिधी राईले जानकारी दिनुभयो ।

क्लवमा पढाउन थालियो


२८ पुस ०६६ – जाडोका कारण बिदालयहरुमा लामो बिदा भएपछि अभिभावकहरुलाई उनिहरुको पढ्ने बानी छुट्छकी भन्ने डर लाग्न थालेको छ । बालबालीकाहरुले धुलो खेल्ने र आपसमा झगडा गर्ने कारण पनि अभिभावकमा थप समस्या भएको हो । तर सल्लेरी ७ दोर्पुबजारका अभिभाबकहरु भने ढुक्क छन् । बालबालीकाहरु हरेक दिन साँझ ४ बजे योङ्गस्टार क्लवमा पुगेर पढ्न थाल्छन् । त्यहाँ गृहकार्य गर्ने र आपसमा रमाईलो गर्दै पढ्ने वातावारण छ । त्यहाँ बालबालीकाले कपडा धोएर लगाएको छ वा छैन अनी नङ काटे नकाटेको पनि हेरिन्छ ।

लेखा व्यवस्थापन तालिम


९ पुस २०६६ – योङ्ग स्टार क्लव सोलु एजुकम्युनिकेशन परियोजना अन्र्तगत कार्यरत सामाजिक परिचालकहरु लक्षित गरी आजबाट कोष तथा लेखा ब्यवस्थापन तालिम योङ्ग स्टार क्लवमा शुरु भएको छ । ३ दिनसम्म संचालन हुने सो तालिम परियोजा संचालित देउसा, मुक्लि र जुबु गाविसमा गठित समूहहरुको लेखा ब्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यले संचालित भएको हो । क्लवमा रहेर सामाजिक परिचालनको क्षेत्रमा कार्य गरीरहेका सदस्यहरु समेत सहभागि सो तालिम पश्चात परियोजनाले गठन गरेका बिभिन्न समूहहरुमा बितरण गरिने खातापाताको सही ब्यवस्थापन तथा आर्थिक हिसाब किताब पारदर्शि रुपमा राख्न सहयोग गर्ने बिश्वास राखिएको परियोजना ब्यवस्थापक दिपक राजभण्डारीले जानकारी दिनुभएको छ । यस तालिममा डिएलजिएसपि, सोलुखुम्बुका साख परिचालक सानु तामाङ र परियोजना ब्यवस्थापक दिपक राजभण्डारीले सहजिकरण गरिरहनु भएको छ । ३ दिने कोष तथा लेखा ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएपछि रेडियो कार्यक्रम उत्पादनका बिषयमा पनि जानकारी प्रदान गरिने परियोजना जनाएको छ । परियोजना संचालित ३ गाविसलाई लक्षित गरी सामाजिक परिचालकहरुको सहयोगमा सोलु एफएमले तयार गरी प्रसारण गर्दै आएको रेडियो कार्यक्रम कोशेलिलाई अझ प्रभावकारी बनाउने उद्धेश्य सहित थप २ दिन रेडियो कार्यक्रम उत्पादन सम्बन्धि तालिम संचालन गर्न लागिएको हो ।

स्वास्थ्य चौकीलाई सहयोग गरिने


५ पुस २०६६ – विभिन्न विषयमा केन्द्रित रही जुवु ईलाका स्वास्थ्यचौकी व्यवस्थापन समितिको बैठक आज सम्पन्न भएको छ । ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन समितिको सदस्य सक्रिया हुनुपर्ने, सामुदायिक औषधीको व्यवस्था गरिनुपर्ने, तथा आउँदो गाऊँ परिषदमा स्वास्थ्यचौकी सञ्चालनका लागि रकम विनीयोजन गरिनुपर्ने लगाएतका विषयमा निर्णय भएको जुबुबाट हाम्रा प्रतिनिधी विशेश्वर राईले जानकारी दिनुभयो । योङ्ग स्टार सोलु एजुकम्यनिकेसन परियोजना व्यवस्थापक दिपक राजभण्डारीको समेत उपस्थिती रहेको सो बैठकमा व्यवस्थापक राजभण्डारीले स्वास्थ्य चौकी सञ्चालनका लागि सहयोग गर्ने बताईएकोपनि राईले जानकारी दिनुभयो । यसैबीच योङ्ग स्टार सोलु एजुकम्यनिकेसन परियोजना लागु भएका गाविस अन्र्तगत जुवु गाविसमा आयआर्जन वृद्धिका लागि स्थानिय जातका १३० वटा बाख्रा वितरण गरिएको छ । योङ्ग स्टार सोलु एजुकम्यनिकेसन परियोजना र जिल्ला पशुसेवा कार्यालको संयुक्त पहलमा बाख्रा वितरण गरिएको विशेश्वर राईले जानकारी दिनुभयो । बाख्रा सेतीका सामुदायिक संस्थालाई ५८ वटा, चेतना सामुदायिक संस्थालाई २९ वटा र प्रेरणा सामुदायिक संस्थालाई २६ वितरण गरिएको हो । १८ महिनापछि सो बाख्राबाट जन्मिएका पाठा परियोजनालाई फिर्ता गराउने सर्तमा बाख्रा वितरण गरिएको हो । यो भन्दा अगाडी परियोजान लागुभएको टाप्टिङ्ग गाविसबाट यसप्रकारको कार्यक्रम ल्याईएको परियोजना व्यवस्थापक दिपक राजभण्डारीलाई उधृत गदै राईले जानकारी दिनुभयो । बाख्रा कृषि प्राविधिक खड्का राजभण्डारी र ईन्द्र राजभण्डारीको उपस्थितीमा वितरण गरिएको हो ।

पारिवारिक सरसल्लाह सम्बन्धी तालिम


आजबाट योङ्ग स्टार क्लव, सोलुखुम्बुमा पारिवारीक सरसल्लाह सम्बन्धि तालिम शुरु भएको छ । ग्लोबल एक्सन नेपाल र क्लवको संयुक्त आयोजनामा वाकु गाविसमा संचालित शिक्षा सहजिकरण परियोजनाका सहजकर्तालाई लक्षित गरी सो तालिम संचालन गरेको हो ।
तालिममा परियोजना अन्र्तगत ९ वटै वडाका ९ जना सहजकर्ताको सहभागिता रहेको सामाजिक परिचालक फुरी शेर्पाले जानकारी दिनुभएको छ । सो तालिममा योङ्ग स्टार क्लवका तर्फबाट पनि अन्य ८ जनाको सहभागिता रहेको छ । एक हप्ता सम्म संचाल हुने तालिममा सहजिकरण दिपक राजभण्डारीले गरिरहनुभएको छ ।
परियोजनाले अब चाँडै नै दोश्रो कार्यक्रम अन्र्तगत वाकु गाविसमा पारिवारीक सरसल्लाह कार्यक्रम संचालन गर्दै छ । पहिलो चरणमा वाकु गाविसका ९ वटै वडालाई समेट्ने गरी अनौपरिचारि शिक्षा संचालन गरेको थियो ।

भलिबलमा ब्ल्यु हाउसको कब्जा


योङ्ग स्टार क्लबमा आज सम्पन्न अन्तर हाउस भलिबल प्रतियोगितामा ग्रीन हाउस प्रथम भएको छ । आज भएको फाईनल खेलमा ब्लु हाउसलाई पराजित गर्दै ग्रीन हाउसले जित हासिल गरेको हो । प्रतियोगितामा ह्वाईट हाउसले तृतिय स्थान ओगटेको छ । त्यस्तै महिला तर्फ भने रेड हाउस र ग्रीन हाउसको संयुक्त टोलि प्रथम भयो भने ह्वाईट हाउस र ब्लु हाउस द्धितिय भएको खेलकुद बिभागका प्रमुख फुरी शेर्पाले जानकारी दिनुभएको छ । प्रतियोगितामा ब्लु हाउसका दिपक दाहाल उत्कृष्ट लिफ्टर तथा रेड हाउसका यामबहादुर मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नृत्य प्रतियोगितामा ल्हेमी प्रथम


योङ्ग स्टार क्लव सास्कृतिक विभागले अन्तर हाउस नृत्य प्रतियोगीता अन्तर्गत महिलातर्फ एकल नृत्यमा प्रथम ब्लु हाउसकी ल्हेमी शेर्पा, द्धितिय ग्रिन हाउसकी उनसा राजभण्डारी र तृतिय ह्वाईट हाउसका पुष्प राई हुनुभएको छ ।
पुरुषतर्फ ग्रिन हाउसका बालकृष्ण केसी, ब्लुहाउसका उपहरा श्रेष्ठ र रेड हाउसका यामबहादुर मगर क्रमस प्रथम दितिय र तृतिय भएका छन् ।
संयुक्त नाचतर्फ प्रथम रेड हाउस दोश्रो ग्रिन हाउस र तेश्रो ब्लु हाउस भएका छन् ।

वायो ब्रिकेटका लागि क्लवले सहयोग गर्ने


योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले व्यसायिक रुपमा बायो–ब्रिकेट उत्पादन गर्नेहरुलाई क्लवको तर्फबाट सहयोग गर्ने बताउनु भएको छ
जिल्ला विकास समिति र जिल्ला उर्जा तथा वातावरण शाखा सोलुखुम्बुको आयोजनामा भएको ब्रिकेट उत्पादन सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै वहाँले यस्तो बताउनु भएको हो । वहाँले व्यवसायीक उत्पादन गर्न चाहनेहरुलाई आर्थीक सहयोगको साथमा बजारको लागी प्रयास समेत गर्ने बताउनु भयो ।
४ दिन अघिदेखी योङ्ग स्टकार क्लवमा सञ्चालन भएको सो तालिममा जिल्लाका वाकु, वास, मुक्ली, टाक्सीन्दु लगाएतका गाविसका गरी १४ जनाको सहभागीता रहेको थियो । तालिममा बायोब्रिगेटको महत्व, निर्माण बिधि लगाएतको बारेमा छलफल भएको प्रशिक्षक जसकुमार राईले जानकारी दिनुभयो । कृषी तथा बनजंगलबाट प्राप्त हुने बिभिन्न जैविक बस्तुको प्रयोगबाट निर्माण हुने बायोब्रिकेटको प्रयोगबाट वातावारणमा सकरात्मक सहयोग पुग्ने जिल्ला उर्जा तथा वातावारण शाखा सोलुखुम्बुका प्रमुख गणेस न्यौपानेले जानकारी दिनुभयो ।

हातेमालो सामुदायिक संस्था प्रथम


योङ्ग स्टार क्लव, सोलुु एजु–कम्युनिकेसन परियोजनाद्धारा सोलुखुम्बु मुक्लीमा सञ्चालन गरेको हाजिरी जवाफ प्रतियोगीताको प्रथम स्थान हातेमालो सामुदायिक संस्था मुक्ली २ ले प्राप्त गरेको छ । बिभिन्न १५ सामुदायिक संस्थाको सहभागीतार रहेको सो प्रतियोगीतामा तोसि खोम ज्योती सामुदायिक संस्था मुक्ली ९ द्धितिय र भुमेस्थान उच्च सामुदायिक संस्था मुक्ली ६ तृतिय भएको सामाजीक परिचालक कविता गुरुङ्गले जानकारी दिनुभयो ।

देउसामा हाजिरी जवाफ


योङ्ग स्टार क्लव, सोलु एजु कम्युनिकेशन परियोजना, सोलुखुम्बुको आयोजनामा भोलि देउसा गाविसमा सामुदायिक संस्थाहरुबिच हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । ३७ औं बातावरण दिवसको अवसर पारेर परियोजनाले सो हाजिरिजवाफ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देउसा गाविसभित्र गठन भएका सामुदायिक संस्थाहरुका सदस्यहरुको सहभागिता रहेने छन् । त्यस्तै सोही कार्यक्रम मुक्लिमा जेठ २३ गते संचालन गरिने परियोजना ब्यवस्थापक दिपक राजभण्डारीले जानकारी दिनुभएको छ ।

योङ स्टारमा तालिम


योङ्ग स्टार क्लव, तालिम हलमा बिहाईभ ब्रिकेट निर्माण तालिम शुरु भएको छ । जिल्ला उर्जा तथा बातावरण शाखा तथा सहयोगी संस्था योङ्ग स्टार क्लवको संयुक्त आयोजनामा ४ दिने तालिम शुरु भएको हो । तालिममा वाकु, टाक्सिन्दु, बासा, मुक्लि, देउसा, टाप्टिङ्ग, चौरीखर्क गाविसका १६ जना कृषकहरुको सहभागिता रहेको छ । तालिममा सहजिकरण योङ्ग स्टार क्लव, सोलु एजुकम्युनिकेशन परियोजनाका कृषि प्राबिधिक जसबहादुर राई, शाखाका कार्यालय सहायक छत्रबहादुर खड्का, समुदाय परिचालक दुर्लभकुमार राईले गरिरहनुभएको छ । तालिममा नबिकरणिय उर्जा भित्रका जैबिक उर्जाको प्रयोग गरी ब्रिकेट निर्माणको तरिका लगायतका सिप प्रदान गरिने समुदाय परिचालक राईले जानकारी दिनुभयो ।

कृषक भ्रमण सम्पन्न


योङ्ग स्टार क्लव, सोलु एजु–कम्युनिकेशन परियोजना, सोलुखुम्बुको आयोजनामा मुक्लि गाविसका अगुवा कृषकहरुको भ्रमण सम्पन्न भएको छ । भ्रमणमा ३० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई छिमेकी गाविस देउसाको रणेममा रहेका बिभिन्न फलफुलका बगैंचा, तरकारी खेति लगायतको भ्रमण गराईएको परियोजनाले जनाएको छ । तालिममा परियोजना अन्र्तगतका सामाजिक परिचालक, कृषि कार्यकर्ता तथा अन्यसहयोगीहरुको पनि सहभागिता रहेको थियो

गीती दौड सम्पन्न


योङ् स्टार क्लव, सोलुखुम्बु अन्र्तगत बालपरिचालन बिभाग, सास्कृतिक उपसमितिले आयोजना गरेको गिती दौड प्रतियोगीतामा ह्वाईट हाउस प्रथम भएको छ । त्यसैगरी प्रतियोगीतामा व्ल्यु हाउस रेड हाउस क्रमसः दोश्रो तथा तेश्रो भएका छन । साप्ताहिक रुपमा बालबालिकाहरुको लागी विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु सञ्चालन गरी बालपरिचालन विभागले बालबालिकाहरुको मनोबैज्ञानिक विकासमा सहयोग पु¥याउदै आएका छन ।

योङ स्टारले विस्थापितलाई ऋण दिने


बाढी पहिरोबाट विस्थापीत भएका सोलुखुम्बु वाकुका विस्थापीत परिवारहरुलाई योङ्ग स्टार क्लव र ग्लोबल एक्सन नेपालले १ लाख रुपैया ऋण सहयोग गर्ने भएको छ । पहिरोबाट विस्थापीत भई हाल सदरमुकाममा बस्दै आएका पिडितहरुलाई सो ऋण सहयोग प्रदान गर्न लागेको ग्लोबल एक्सन नेपालका सामाजिक परिचालक फुरी शेर्पाले जानकारी दिनुभयो । केही महिना अघि सेती देवी महिला समुहको नाममा संगठित भएका विस्थापीत परिवारलाई प्रति परिवार १० हजारका दरले राँगा पालनको लागी ऋण सहयोग गर्न लागेको हो । आयआर्जनका लागी प्रदान गरिएको ऋण सहयोग प्रभावकारी रुपमा कार्यन्वयन गरेका थप ऋण सहयोग गर्ने योङ्ग स्टार क्लव सोलुखुम्बुका अध्यक्ष बुद्वि नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

योङ स्टारमा प्रतियोगिता


योङ् स्टार क्लव, सोलुखुम्बु अन्र्तगत बालपरिचालन बिभाग, पुस्तकालय उपसमितिले आज बक्तृत्वकला तथा कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा बिभाग अन्र्तगतका गठित बिभिन्न हाउसका बाल सदस्यहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बक्तृत्वकला प्रतियोगिता तर्फ ब्लु हाउसका ल्हेमी शेर्पा प्रथम भईन भने ब्लु हाउसकै अर्जुन श्रेष्ठ दोश्रो तथा रेड हाउसका यामबहादुर मगर तृतिय भएका छन् । वाताबरण प्रदुषण घटाऔं भन्ने शिर्षकमा आयोजित सो प्रतियोगितामा ३ हाउसका ९ जना बालसदस्यहरुले सहभागिता जनाएको बिभागले जनाएको छ । त्यस्तै कविता प्रतियोगिता तर्फ मिङ्मार शेर्पा प्रथम, दिलिप राजभण्डारी द्धितिय तथा दिनेश मगर तृतिय भएका छन् । बालअधिकार शिर्षकमा भएको कविता प्रतियोगितामा भने ६ जना बालसदस्यहरुले भाग लिएका थिए ।

योङ स्टार केबुल टि.भी. पुनः सञ्चालनमा


बैशाख ५ गते नयाँ बजारमा भएको भिषण आगलागि पछि सल्लेरी र फाप्लुसम्म अबरुद्ध योङ्ग स्टार केबल टेलिभिजन आजबाट पुनः संचालनमा आएको छ । आगलागिबाट क्षतिग्रस्त बनेको केबल टेलिभिजनको फाईबर केबलको मर्मतपछि आजबाट टेलिभिजन सेवा पुनः सुचारु भएको हो । आगलागिका कारण २ लाख रुपैंया क्षति भएको सो केबल टेलिभिजनको फाईबर केबल जडान तथा मर्मतका लागि काठ्माण्डौबाट प्राबिधिक झिकाईएको केबल टेलिभिजनका बिरकाजी राजभण्डारीले जानकारी दिनुभयो । यसअघि पनि फाप्लुमा २ पटक आगलागि हुँदा फाईबर केबलमा क्षति पुगेको थियो ।

आगलागी पीडितलाई योङ स्टारद्धारा ७५ हजार सहयोग


नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, सोलुखुम्बु, प्रकोप ब्यवस्थापन समितिको आज बसेको बैठकले सदरमुकाम सल्लेरी नजिकै रहेको नयाँ बजारमा भएको आगलागिबाट पिडितहरुका लागि संकलित रकम बितरण प्रक्रिया निर्धारण गरेको छ । आज जिल्ला शाखामा ब्यवस्थापन समितिका संयोजक बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले संकलन भएको राहत रकम बितरण प्रक्रिया निर्धारण गरेको हो । बैठकले एउटा घर भाडामा लिएर बसेका तथा सम्पुर्ण जायजेथा गुमेका, आफ्नो घर पुर्ण रुपमा गुमाएकाहरुलाई पहिलोस्तरको राहत बितरण गर्ने निर्णय गरेको छ । त्यस्तै भाडा, कोठा वा ब्यापार ब्यवसाय गरेर बस्ने १ लाखभन्दा बढी क्षति ब्यहोर्ने जोसुकै प्रभावितलाई दोश्रो स्तरको तथा त्यसभन्दा कम क्षति हुनेलाई तेश्रो स्तरको राहत बितरण गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी यादब सुबेदी, स्थानिय बिकास अधिकारी नारायणप्रसाद मैनालि, बिभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, अन्य कार्यालय तथा सुरक्षा निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । हालसम्म आगलागि पिडितहरुका लागि जिल्ला शाखाले ९७ हजार ४५ रुपैंया संकलन गरेको छ भने योङ्ग स्टार क्लवले ७५ हजार, सोलुखुम्बु बहुमुखि क्याम्पसले ३० हजार, नेवार समाज गुठीले १३ हजार, डाँफे प्रकोप जोखिम ब्यवस्थापन संस्था गार्माले ११ हजार १ सय ११ रुपैंया, हिमालि प्रकोप जोखिम ब्यवस्थापन संस्था, गार्माले ५ हजार ८५ रुपैंया, अमेरिका स्थित पिटि च्यारिटीले १ हजार डलर, गाविस सचिवहरुबाट ६५ हजार तथा नेबिसंघ र अनेरास्वबियूबाट २० हजार ८ सय रुपैंया संकलन भएको छ ।

प्रतियोगिताको जिम्मा योङ स्टारलाई


बैशाख ११ गते लोकतन्त्र दिवस मनाउनका लागि तयारी शुरु भएको छ । सर्वदलिय बैठकले दिवस भब्य रुपमा मनाउनका लागि जिल्ला बिकास समितिको अध्यक्षतामा ११ सदस्यिय मुल समारोह समिति गठन गरेको छ ।
दिवसको अवसर पारेर यस बर्ष महिला–पुरुष मिनि म्याराथुन प्रतियोगिता संचालन गरिने भएको छ । योङ्ग स्टार क्लवलाई जिम्मा दिईएको सो म्याराथुनका लागि गार्मा गाविसको जोरबौद्धबाट मोटरबाटो हुँदै जिल्ला बिकास समितिको प्राङ्गणसम्मको दुरी तय गरिएको छ ।
बैठकले म्याराथुनमा सहभागि खेलाडीहरुको प्राथमिक उपचारका लागि सोलु अस्पताल फाप्लु र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, सोलुखुम्बुलाई अनुरोध समेत गरेको छ । प्रतियोगितामा सहभागि भएर प्रथम, द्धितिय र तृतिय हुने खेलाडीलाई क्रमशः नगद रु २ हजार, १५ सय र १ हजारका साथमा प्रमाण पत्र प्रदान गर्ने निर्णय भएको छ भने दशौं स्थानसम्म आउने अन्य खेलाडीहरुका लागि प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।

भ्रष्टाचारीलाई मृत्युदण्ड हुनुपर्नेमा जोड


सोलुखुम्बुको बेनी ४ जुनबेशीका नागरिकहरुले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्नेमा जोड दिएका छन् । योङ्ग स्टार क्लव सोलुखुम्बु र जागरण नेपालको सयुक्त पहलमा आयोजित बन्दै गरेको नयाँ संबिधानमा नागरिकहरुको सुझाव संकलन कार्यक्रमका क्रममा उनिहरुले यस्तो बताएका हुन् ।
 जुनबेशीका नागरिकहरुले जनताले छानेको प्रतिनिधि जनता प्रति उत्तरदायि नभएको गुनासो गर्दै यस्ता प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार पनि जनतामा  निहित हुनुपर्ने सुझाव दिएको सहजकर्ता फुरी शेर्पाले जानकारी दिनुभएको छ ।
 संबिधान मस्यौदा माथिको छलफल सोलुखुम्बुको ३४ गाविस अन्र्तगत २४ गाविस सम्पन्न भईसकेको योङ्ग स्टार क्लवले जनाएको छ । जस अन्र्तगत नेले, मुक्लि, काँगेल, देउसा, चौलाखर्क, गोली, भकाञ्जे, काँकु, बासा, खुम्जुङ लगायतका छन् ।

शुभकामना आदान प्रदान


१ बैशाख २०६७ – योङ्ग स्टार क्लव महिला विभागको अगुवाईमा आज नया बर्ष २०६७ साल मनोरञ्जनात्मक कार्यक्रम र शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
 योङ्ग स्टार क्लवका सदस्यहरु, सोलु एफ.एम परिवार तथा अन्यको सहभागिता रहेको सो कार्यक्रममा धेरैले नया जोस, जागर र उत्साह बाड्दै स्थायी शान्तिको कामना गरेका छन ।