नुतन र लालकाजी विवाह बन्धनमा


१ साउन २०६६ – वैवाहिक बन्धनमा बाँधिएका क्लवका दुई सदस्यहरुलाई शनिबार क्लवमा स्वागत गरिएको छ । सदस्यद्धय नुतन श्रेष्ठ र लालकाजी श्रेष्ठ हालै वैवाहिक बन्धनमा बाँधिए पछि क्लवले दुवै जनाको जोडीलाई उज्वल बैवाहिक जीवनको शुभकामना सहित कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले श्रेष्ठद्धयले क्लवलाई विगतमा गरेको सहयोग जारी रहने विश्वास व्यक्त गर्दै क्लवमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो । कार्य समिति सदस्य बुद्धिकुमार राजभण्डारीले क्लवका कतिपय सदस्यहरु कुबाटोमा लागेको भन्दै सहि बाटोमा आउन आग्रह गर्नुभयो । सोलु एफएमका स्टेशन म्यानेजर मनोजकुमार श्रेष्ठले क्लव भित्र सबैलाई समान व्यवहार हुनु पर्ने भन्दै विवाहित जोडीलाई शुभकामना दिनुभयो । क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना तथा बधाई कार्यक्रममा वैवाहिक बन्धनमा बाँधिएका जोडीहरुले क्लवलाई सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए ।

Leave a comment